चलचित्र ‘कप्टी’ को ‘झ्याँई पारौं सोल्टिनी’ सार्वजनिक (भिडियोसहित)

कार्तिक ०१, २०७९


भुपेन्द्र गुरुङ निर्देशित फिल्म ‘कप्टी’ को लोक लयमा आधारित ‘झ्याँई पारौं सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ । भ्याली फिल्म एकेडेमीको प्रस्तुतीमा रहेको फिल्मको गीत सोमबार सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायिका मेलिना राई र रामकुमार नेपालीको स्वर रहेको छ । गीतको शब्द तथा संगीत आश्रम गुरुङको हो । उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामी लगायतको अभिनय रहेको भिडियोलाई चक्र पुलामी मगरले कारियोग्रफी गरेका हुन् ।

आगामी फाल्गुन ५ गते २०७९ महाशिवरात्रिको अवसर पारेर फिल्म ‘कप्टी’ रिलिज हुने छ । फिल्मको पहिलो स्पेसल शो बेलायतमा भई सकेको छ । भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा रहने फिल्म ’कप्टी’ मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

मदन घिमिरेको छायांकन रहेको फिल्ममा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टिका पुन र तारा सिरिस मगरको गायन छ ।

मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ मिलेर कप्टी निर्माण गरेका हुन् । भने सह निर्मातामा नातीकाजी गुरुङ छन् । फिल्म मौलिक नेपाली कथा बस्तुमा आधारित रहेको छ । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्म ‘कप्टी’ आफ्नै पिताका हत्यारासँगको बदला र जीवन संघर्ष बोल्ने छ ।