‘नम्बरी सुन’को अफिसियल पोस्टर सार्वजनिक

बैशाख ०२, २०८०


राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘नम्बरी सुन’को फस्टलुक पोस्टर सार्वजनिक  गरिएको छ । नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य दुई कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । पोष्टरमा बेहुली नम्रतालाई गौरवले बोकेको देख्न सकिन्छ ।

आगामी भदौको १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा  नारायण खातीको शब्द, कथा तथा प्रस्तुति रहेको छ। फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्दि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।

सुवर्ण शिभान्स प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । सरोज खाती, सविन खाती र मनोज रिजालले फिल्ममा लगानी गरेका छन् ।

अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको एक्सन, गौतम राज खड्काको सम्पादन रहेको फिल्मले केही दशक अगाडिको नेपाली समाजको कथा भन्नेछ ।