भष्मे डन, पोस्टरमा विपिन डन क्यारेक्टरकाे पोस्टर सार्वजनिक

भदौ ०१, २०८०


चलचित्र भगवत् गीताको पोस्टर सार्वजनिक भएकाे छ । जहाँ अभिनेता विपिन कार्की ट्रान्सजेन्ड लुक्समा प्रस्तुत छन् । यसैक्रममा, उनको मुख्य भूमिका रहेको अर्को फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’को पनि क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ, जहाँ उनी भष्मे डनको चरित्रमा देखिएका छन् । त्यसो त सुटिङकै बेला विपिनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो ।

पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का दुर्गामाताको अवतारमा चित्रित छिन् । उनको लुक्स दमदार देखिन्छ । त्यस्तै, अभिनेता सौगात मल्ल टाउकोमा फेटा बाँधेर रिसाहा लुक्समा देखिएका छन् । पोस्टरमा कलाकारहरु रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलाई पनि ठाउँ दिइएको छ । कलाकारहरुको लुक्स र गेटअपले फिल्मप्रति दर्शकको चासो बढाउन सक्छ ।

पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा फिल्म केन्द्रित रहेको जनाइएको छ । खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको यस फिल्ममा मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय छ ।

खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको पनि विशेष भूमिका रहेको फिल्मको एक गीतमा आँचल शर्मा र निश्चल खड्का देखिनेछन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको फिल्म टुकी आर्टस्को ब्यानरमा निर्माण भएको छ । यो सात वर्षअघि प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को चरित्र केन्द्रित सिक्वेल हो ।