‘हात्तीछाप’ को नयाँ पोस्टरमा दयाहाङ र उपासनाको लुक्स

असोज ०७, २०८०


फिल्म ‘हात्तीछाप’ ले दयाहाङ राई र उपासनासिंह ठकुरीको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ । माघ २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले यसअघि सौगात मल्लको अवतार बाहिर ल्याएको थियो । बन्दुक बोकेर उभिएको छद्मभेषी पात्रले दयाहाङ र उपासनाको पात्रलाई बाँधेर राखेको दृश्य पोस्टरमा देख्न सकिन्छ ।

स्केच स्टाइलमा तयार पारिएको पोस्टरमा यी दुई पात्र त्यो परिस्थितिमा हतासिएका छन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सनविक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटाको मुख्य भूमिका छ ।

फिल्मा विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रियर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी र बेन भुजेलले समेत अभिनय गरेका छन् । प्रदीप भारद्वाजको लेखन रहेको ‘हात्तीछाप’का प्रस्तुतकर्ता किरण नेपाली हुन् भने कार्यकारी निर्माता सरोज नेपाली छन् । फिल्ममा पुष्कर गुरुङ र अमलादेवी राईको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन् ।