नायक पल शाह आईतवार नारायणपुरको भिएफएक्स सिनेमाजमा आउदै

जेठ १८, २०८१     सम्पूर्ण कुरा


जेठ १० गतेदेखि अल नेपाल रिलिज भएको चलचित्र पुजार सार्कीको प्रचार प्रसारका लागि नायक पल शाह सहितको टिम आईतवार दाङको नारायणपुर स्थित भिएफएक्स सिनेमाजमा आउदै छन् । जेठ २० गते आईतवारका दिन नायक पल शाह भिएफएक्स सिनेमाज नारायणपुरमा आउन लागेको हल संचालक विजय रावतले जानकारी दिए । उनले चलचित्रका नायक संग संगै बसेर फिल्म हेर्नका लागि दर्शकहरुलाई आग्रह समेत गरेका छन् ।

नायक पल शाहले पनि आफ्नो फेसवुक मार्फत गृह जिल्ला दाङमा आउन लागेको र सम्पूर्ण चलचित्रप्रेमी जिल्लावासीहरुलाई हलसम्म आउन आग्रह गरेका छन् । चलचित्र पुजार सार्कीका मिडिया कोर्डिनेटर जिवन पराजुलीले दाङ जिल्ला नायक पल शाहको आफ्नै गृह जिल्ला समेत भएकाले आईतवार पुजार सार्कीको टिमलाई दर्शकले राम्रो साथ दिने विश्वास व्यक्त गरे । चलचित्र पुजार सार्की  जातिय विभेद बिरुद्धको सामाजिक कथा हो । दिनेश राउतको निर्देशन रहेको  ‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली र परीक्षा लिम्बूको मुख्य भूमिका छ ।