माओवादी केन्द्रले टुंग्यायो १४ समानुपातिक सांसद

मङि्सर २४, २०७९


मंसिर २४, नेकपा माओवादी केन्द्रले समानुपातिक सांसद चयन गर्दै निर्वाचन आयोगमा सूची बुझाएको छ ।पार्टीको तर्फमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूची तयार गरेका हुन् ।

माओवादी केन्द्रले समानुपातिकतर्फ १४ जना सांसद पाएको छ । त्यसमा उसले आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन् ।

खस आर्यतर्फबाट माओवादी केन्द्रले हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मालाई सांसद बनाएको छ । थारुतर्फ रूपा सोसी चौधरी सांसद बनेकी छन् । यस्तै दलितर्फ रणेन्द्र बराली र सुशिला श्रीपाली ठकुरी चयन भएका छन् ।

मधेसीतर्फ भने मीना यादव र उमरावती देवी यादव सांसद बनाउने माओवादीको निर्णय छ । उमरावती नेपाल समाजवादी पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेकी हुन् । यस्तै, मुस्लिमतर्फ कल्पना मियाँलाई चयन गरिएको छ ।