​बाढी पीडितका लागि युनाइटेड एकेडेमीको आर्थिक सहयोग

२ घण्टा अगाडि


तुुलसीपुर, १५ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा सञ्चालित युनाइटेड एकेडेमीले बाढी पीडितको राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु ४६,४४५ (छयालीस हजार चार सय पैंतालीस रुपैयाँ) सहयोग हस्तान्तरण गरेको छ ।

​देशमा आएको प्राकृतिक महाविपत्ति र संकटको घडीमा सम्पूर्ण नेपालीको साझा साथ र सहयोग हुनुपर्ने भावनाका साथ उक्त रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । बाढी तथा पहिरो पीडित नागरिकहरूको उद्धार र राहतका लागि विद्यालय, शिक्षक-शिक्षिका, कर्मचारी तथा साना बालबालिकाहरूले आफ्नो खाजा खर्चबाट समेत स्वेच्छिक रूपमा रकम संकलन गरी योगदान गरेको विद्यालयका प्रिन्सिपल केशवराज भट्टराईले जानकारी दिनुभयो ।