रीमाको अपरिपक्वता

चैत २९, २०७६


कलाकार तथा कार्यक्रम प्रस्तोता रीमा बिश्वकर्माको सामाजिक संजालमा मजाक उडाइयो । कालो चिया बनाउन सिकेको कुरा सेयर गर्दै गर्दा उनलाई धेरैले खिसी गरे । उनकै साथी केकी अधिकारीले समेत कालो चियावाली भन्दै पोष्ट गर्न भ्याईन् ।
विवाह लगत्तै सम्बन्धमा आएको दरार धैर्यताका साथ् अन्त्य गरेकी उनी एक हिम्मतिली व्यक्तित्वको रुपमा चर्चित छिन् । विवादमा खासै नआउने उनको यो पटकको मजाकमा भने उनले प्रतिक्रिया दिएकी छन् । यहि प्रतिक्रियाले उनलाई अपरिपक्व भएको भन्न थालिएको छ ।

एक सेलिब्रेटी भएको हिसावले उनले प्रसंसासंगै आलोचना समेत स्विकार्नु पर्ने हो । तर उनी त काउन्टर पोष्ट गर्नमै ब्यस्त छिन् । यसले त हिम्मतिलीको छवि बनाएकी उनको उक्त छवि माथि नै प्रश्न उठेको देखियो । अपेक्षा गरौ यहि बिषयलाई लम्ब्याउदै उनी मिडिया कै साहारामा आँशु झार्दै नभेटिउन् ।