मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन मोडालिटीबारे छलफल हुने

जेठ २८, २०७७


आज मन्त्रिपरिषद बैठक बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।