प्रदेश ५ सरकारले भन्यो – सबै कोरोना संक्रमितलाई अस्पतालमा राख्न सक्दैनौं

जेठ ३०, २०७७


प्रदेश ५ सरकारले कोरोना संक्रमण पुष्टि भएका सबैलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने बताएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जिल्ला स्तरीय, स्थानीय तह स्तरीय र सेल्फ आइसोलेसन सेन्टरको मापदण्ड स्वीकृत गर्दै अब कोरोना संक्रमितलाई अस्पतालबाहिरकै आइसोलेसनमा राख्ने निर्णय गरेको हो ।