भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

जेठ ३१, २०७७


भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ३२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख ९ हजार ६०३ पुगेको हो । एकै दिन अरू ३८९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ८९० पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ५४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् ।