दाङमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

जेठ ३२, २०७७


दाङमा ट्याक्टर दुर्घटना हुँदा आज १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार दाङबाट विद्युतको पोल लिएर प्यूठान जाँदै गरेको रा १ त २७७५ नम्बरको ट्याक्टर शनिबार बेलुका दाङको बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा पल्टिँदा बंगलाचुली–७ हाँशिपुरका चालक २० वर्षीय रामबहादुर बुढाको मृत्यु भएको हो ।