धादिङमा आरडीटी गरेर घर पठाइएका २३ जनामा संक्रमण पुष्टि
जेठ ३२, २०७७

र्यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाइएका धादिङका २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
नीलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी परीक्षण गरी घर पठाएको थियो ।