संगीतकार श्रेष्ठले बनाए विश्व रेकर्ड

असार २५, २०७७


असार-२५,दाङ।
तिम्ले पराई ठानेपछी पराई हुन…, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ.., लगायत दर्जनौं गीतका लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत भर्दै चर्चित दङ्गाली संगीतकार श्रेष्ठले गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउंन सफल भएका हुन् ।

गिनिज वर्ल्ड रेकर्डले श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारका रूपमा प्रमाणपत्र प्रदान गरेको छ । डि आर उपाध्यायको शब्द र सन्तोषको संगीतमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो ।

बिगत २ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय सन्तोष यो सफलताले आफुलाई गीत संगीतको क्षेत्रमा अझ नयाँ नयाँ सृजना गर्ने प्रेरणा मिलेको बताउछन्।