अभिनेत्री निरिशालाई बलिउड सिरियल ‘तेनाली रामा’देख्न सकिने

साउन २७, २०७७


नेपाली चलचित्र ‘जानी नजानी’मा अभिनय गरेकी नायिका निरिशा बस्नेतले एक भारतीय सिरियलमा काम गरेकी छि । उनले हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’मा काम गरेको जानकारी दिइन् । यो सिरियलमा उनको केमियो भूमिका छ । तर, केमियो भएपनि भूमिका शक्तिशाली रहेको उनको तर्क छ ।

सब टीभीबाट चाडै नै प्रशारण हुने सिरियललाई अभिमन्यू सिंहको प्रोडक्शनले निर्माण गरेको हो ।

निरिशाले एक साउथ इन्डियन चलचित्र पनि साइन गरेको बताएकी छिन् । यो चलचित्रको छायांकन सुरु भएकै दिनबाट भारतमा लकडाउन भएपछि निरिशा मुम्बई फर्किएकी थिइन् । लकडाउन खुलेपछि चलचित्र छायांकनका लाग चेन्नई जाने उनले बताइन् ।

पहिलो नेपाली चलचित्र ‘जानी नजानी’मा काम गरेकी निरिशा अब ब्यानर र कथा हेरेर मात्र काम गर्ने बताउँछिन् ।