पिपलु चौतारी (कबिता)

साउन ३२, २०७७     नारायण वली


सम्झेर कति रुनुर बरै,पिपलु चौतारी।।
धेरै नै भयो रोएको आज,म पनि धरधरी।।

नानीले आखा छोडेर गयो,सम्झना रैह्रयो।।
मुटुमा माया राखेर तिमी ,पराई भैगयो।।
माया त तिम्रो लग्दछ सधै,के गरु सम्झेर।।
गएर टाढा चुडायौ मुटु ,बस्याछु रोएर।।

म कति बाँचु आसुमा डुबी,सक्दैन अब म।।
बाहिर हास्छु संगाली पिर,बाच्दैन अब म।।
संसारै छोडे के होला बरै,तड्पिन पर्दैन ।।
जीवन जाला मरेर यहाँ ,माया त मर्दैन।।

फरिया चोलो फेर्दिय पनि,खुसिनै भएनौ।।
साह्रै नै माया लाग्दछ तिम्रो,बोलाए बोलिनौ।।
बैगूनी भयो निष्ठुरी माया, के गरु सम्झेर।।
मनमा राख्दा मुटुमा बिझ्यो,गैगयो बिर्सेर।।

आखाकै नानी भन्थेउ पैले,धुलो पो भएछु।।
कहिले माया कहिले घृणा,बिसौनी रहेछु।।
हावाले जति हिर्काए पनि,पिपलु तर्सिन्न।।
चटकै माया मारेर जान्छु,कहिले फर्किन्न।।