‘सयौं जुनी’ साथ रहने पूजा–आकाशको बाचा

भदौ ०१, २०७७


नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले रुचाएका छन् । यो जोडीले एकपछि अर्को चलचित्रमा पनि काम गरिरहेको छ । यसै विच, लामो समयपछि यो जोडीले अभिनय गरेको ‘सयौं जुनी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अन्जु पन्त र प्रताप दासको आवाजमा समावेश गीतमा पूनम मोथेको शब्द, सरोज पोखरेलको संगीत छ । भिडियोमा निकेश खड्काको निर्देशन, विकास धमलाको सम्पादन, वुद्ध थापाको छायांकन छ । यो गीतको भिडियोमा पूजा र आकाश रोमान्टिक देखिएका छन् ।

पूजा र आकाशले अभिनय गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन र संझना विर्सना’ रिलिजको लागि तयार छ ।