सर्टमुभी छोरीको तीज सार्वजनिक

भदौ ०१, २०७७


दाङ,१ भाद्र।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सर्टमुभी छोरीको तीज युट्युवमा सार्वजनिक भएको छ।

राजबहादुर सानेको लेखनमा निर्माण भएको फिल्म
भाद्र १ गते सोमबार रोम इन्टरटेन्मेन्टको युट्युव च्यानल बाट रिलिज गरिएको छ।फिल्मले छोराछोरी बीचमा भेदभाव गर्न हुँदैन भन्ने सन्देश दिन खोजेको देखिन्छ।

रोम इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मलाई रमेश बनगोसाईको निर्देशन गरेका छन्। फिल्ममा बिमला गुरुङ्ग,धनबहादुर राई,नेत्र बिष्ट र सारा नेपालीको अभिनय रहेको छ ।