पोष्ट प्रोडक्सनमै ओम प्रतिकको ‘हली’

भदौ ०२, २०७७


काठमाडौं – कोरोनाको कहरका कारण धेरै फिल्महरु छायाँकन, पोष्टप्रोडक्सन लगायतमा अड्किएका छन् । जसका कारण अहिले फिल्म निर्माता निर्देशक चिन्तित छन् ।ति मध्यका एक निर्माता निर्देशक ओम प्रतिक गुरुङ पनि हुन् । प्रतिकको फिल्म ‘हली’ लकडाउन अगाडि पोष्ट प्रोडक्सनको अन्तिम चरणमा थियो । लकडाउन र त्यसपछिको कोरानाको कहरका अवस्था सामान्य नहुँदा फिल्म अहिले पोष्टप्रोडक्सनमै अड्किएर बसेको छ ।

‘फिल्मको सम्पादन, डबिङ, ब्यागग्राउण्ड म्युजिक सबै सकाएर कलर करेक्सनमा रहेको थियो’ प्रतिकले भने ‘कलर करेक्सन र मिक्सिङ गर्न पाए फिल्म सकिन्थ्यो । त्यसै रोकिनु पर्दा तनाव लागेको छ ।’ अहिले फिल्म सकाएर राख्न पाए फिल्म क्षेत्र खोल्ने बितिकै रिलिज गर्न पाइने उनको भनाई रहेको छ । 

फिल्ममा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङको अलवा प्रतिकको पनि मुख्य भुमिका रहेको छ ।
फिल्म कोरोनाको कहर सामान्य भएपछि रिलिज हुनेछ ।

पूजा गुरुङ, जस्मिन श्रेष्ठ, गोबिन्द लामिछाने निर्माता रहेको फिल्म डडेलधुरा, डोटी, बजाङलगायतका रमणीय स्थानमा छायाँकन भएको छ ।