अभया सुब्बाको नयाँ गीत ‘छ मेरो अरु संसार’

भदौ ०२, २०७७


भदौ १, रक गायनमा अलग पहिचान बनाएकी गायिका अभया सुब्बाले नयाँ गीत सार्वजनिक गरेकी छिन्। ‘छ मेरो अरु संसार’ बोलको नयाँ गीत सोमबार ‘अभया एन्ड द स्टिम इन्जिन्स’ ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सिद्धार्थ घिमिरे र गोङ्बाको निर्देशनमा तयार भएको ‘छ मेरो अरु संसार’ गीतको भिडिओमा सृष्टि कार्की र माहिर मल्लको अभिनय छ। गीतमा शब्द र संगीत अभयाले नै दिएकी छिन् ।

प्रायः बिछोडका गीतले वेदना बोकेका हुन्छन् भने यो गीतले आत्मविश्वास र सकारात्मक भाव बोेकेको छ। ‘छ मेरो अरु नै संसार, तिमी बिना बाँचेकै छु म… छ अनेक यात्रा तिमी बिना हाँसेकै छु म…’ गीतको शब्दले सम्बन्ध बिच्छेदपछि पनि सबैसँग आफ्नै विकल्प र भविष्य हुने भाव व्यक्त गरेको छ। यसअघि ‘हावाहुरी’ बोलको गीत सार्वजनिक गरेकी उनकाे स्वरका ‘तिम्रो लागि’, ‘नैनी ताल’, ‘माझी दाइ’ लगायतका गीत चर्चित छन्।