सुनिताको नयाँ तीज गीत ‘जुममा हेरेर’ सार्वजनिक (भिडियो)

भदौ ०५, २०७७


काठमाडौं – गायिका सुनिता दुलाल नयाँ तिज गीत सार्वजनिक भएको छ । सुनिता दुलालकै सुमधुर स्वरमा ‘जुममा हेरेर’ बोलको गीतको भिडियो बुधबार युट्युबमा सार्वजनिक भएको हो । 

गीतमा कोरोनाका कारण एकै ठाउँमा भेला भएर तिज मनाउन नपाएको विद्यमान अवस्थालाई समेटिएको छ । गीतमा रोजा वलीको शब्द र सुनिल मास्केको संगीत रहेको छ ।

भिडियोमा सुनितासँगै भवानी तिमलसिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । गीतको भिडियोलाई कुशल श्रेष्ठले छायांकन, सम्पादन तथा निर्देशन गरेका छन् ।