४ महिनामै रेखाले घटाइन् २० किलोे तौल

भदौ ०५, २०७७


काठमाडौं – मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन धेरै नै समय लाग्छ । शरिरलाई स्लिम राखिराख्न मानिसहरु बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् । 

यस्तै अभिनेत्रीहरु पनि शरिरलाई स्लिम बनाउन मिहेनत गरिरहेका हुन्छन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले पनि केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी छिन् । 

उनले खानपिन र व्यायममा ध्यान नदिदा शरिरमोटो हुँदै गयो । तर अहिले उनले आफ्नो मोटो शरिर घटाएकी छिन् । उनले ४ महिनामै आफ्नो २० किलोे तौल घटाएकी छिन् । 

कोरोना संक्रमणको बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम गर्ने गरेकी छिन् । 

केही समयदेखी ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनले सामाजिक सञ्जालमा अभ्यास गरेका तस्बिरहरु शेयर गरिरहेकी छिन् ।