आज ३८ औं जन्मोत्सव मनाउदै अभिनेत्री रेखा थापा

भदौ ०५, २०७७


काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन परेको छ । उनी वि सं २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी हुन् । 

जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको ओइरो लागेको छ । चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् । 

उनका मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, कस्ले र्चोयो मेरो मन, हिम्मतवाली, किस्मत, तथास्तु, मालिका, लगायतका चलचित्र चर्चामा छन् । उनी धेरैजसो चलचित्रमा एक्सन अवतारमा देखिएकी छिन् । 

जन्म दिनको धेरै धेरै शुभकामना रेखा थापा