अक्षय कुमारको ‘बेलबटम’ फ्लोरमा गयो

भदौ ०५, २०७७


एजेन्सी । भारतमा कोरोना भाइरसको महामारी नरोकिएपछि अक्षय कुमारले लन्डनमा गएर ‘बेलिबटम’ फिल्मको सुटिङ सुरु गरेका छन् । सो फिल्म बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।

सिनेमाको शुभमुहूर्त गर्दा अक्षय कुमार, हुमा कुरेसी, लारा दत्तले मास्क लगाएका थिए । फिल्मको निर्देशक रञ्जित तिवारीले गर्दैछन् । कोरोना महामारी सुरु नभएको भए यतिबेलासम्म सुटिङ सकिन्थ्यो ।

लामो समयसम्म थन्केर बस्नु भन्दा सुटिङ सुरु गर्न उचित सम्झिएको अक्षय कुमारले बताएका छन् । ‘बेलिबटम’ फिल्मको निर्माण बासु बगनानीले गरेका छन् ।