रामजीले ल्याए फिल्म ‘डार्क मुन’

भदौ ०७, २०७७


भदौ ७, निर्देशक रामजी ज्ञवालीको छोटो फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ । युट्युब च्यानल द सेलिब्रेटी टाइम्समार्फत सार्वजनिक भएको फिल्ममा साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथामा निर्माण भएको फिल्म कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेका हुन् । नवराज उप्रेतीको छायाँकन, सुदीप बरालको डिओपी रहेको फिल्ममा एलिश कार्कीको ब्याकग्राउन्ड स्कोर छ । यस फिल्ममा बिशाल निरौलाको गायन तथा संगीत र साहिल खानको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=C7T94cRTjhM