बलेको साथमा प्रिज्मा र प्रिन्सीको ‘हुन्छ खोसाखोस’ सार्वजनिक

भदौ १०, २०७७


गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हुन्छ खोसाखोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ ।

गीतको भिडियोमा सागर लम्साल ‘बले’का साथमा ट्विनी गर्ल्स प्रिज्मा र प्रिन्सी खतिवडालाई कम्मर मर्काएको देख्न सकिन्छ । पछिल्लो समय म्युजिक भिडियोमा निकै चम्केको टिम हो यो । साथमा टिकटक स्टार मञ्जिल बस्नेत पनि छन् । राजिव समरको निर्देशन तथा करियोग्राफी रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा कलर गरेका हुन् ।