पल र पूजाको भिडियो ‘पहिलो पटक भेट हुँदा’सार्वजनिक

भदौ ११, २०७७


नायिका पूजा शर्मा र नायक पल शाहले मोडलिङ गरेको ‘पहिलो पटक भेट हुँदा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा सरोज ओली र रचना रिमालको स्वर, दिनेश थपलियाको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन छ । यो भिडियोको छायांकन हायात होटल परिसरमा गरिएको हो । भिडियोमा पल र पूजा रोमान्टिक देखिएका छन् । तर, भिडियोमा पल र पूजाको केमेष्ट्रीलाई बलियो देखाउन निर्देशक चुकेका छन् ।