विपिन अभिनित ‘सेल्फी किङ’ युट्युबमा सार्वजनिक

असोज १७, २०७७


काठमाडौं  – अभिनेता विपिन कार्कीको चलचित्र ‘सेल्फी किङ’ युट्युबमा सार्वजनिक भएको छ । विपिन र लक्ष्मी बर्देवाको मूख्य अभिनय रहेको फिल्म ‘सेल्फी किङ’ शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । 

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनका अलावा लक्ष्मी बर्देवा, अभय बराल लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई दिनेश राउतले निर्माण गरेका छन् । फिल्ममा एकजना हास्य कलाकारले भोग्नुपरेको कथालाई मुख्य विषय बनाइएको छ ।