निशान र विन्दुको ‘चार कोठे मुटु’ सार्वजनिक (भिडियो )

असोज १९, २०७७


काठमाडौं । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ ।

बुढा सुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको गीतमा अनिश अधिकारीको शब्द तथा संगीत छ ।

जुना फिल्म्सको ब्यानरमा निर्माण भिडियोमा बुद्धि तामाङ, सुधीर श्रेष्ठ, दीपक लामा, कालु लामा, राजु श्रेष्ठ, तुलसा भण्डारी, हरिकुमार श्रेष्ठ, शिव बरम, मोनालिसा खतिवडा, सबी डोटेल र रविन बखरेल फिचर्ड छन् ।

रुपेश तामाङको निर्देशन रहेको यस भिडियोमा दीर्घ खड्काको सम्पादन र इश्वर सिन्केमनाको छायांकन छ ।