‘सिंघम गर्ल’ काजल अग्रवालले बिहेको मिति तोकिन्

असोज २१, २०७७


काठमाडौं : बलिउड अभिनेत्री काज अग्रवाल विवाह बन्धनमा बाँधिने भएकी छन्। ३५ वर्षीया यी अभिनेत्रीले आफ्नो जीवनसाथीको टुंगो लागिसकेको इन्स्टाग्राममार्फत जनाएकी छन्। 

आफूले खोजेको जस्तै वर पाइसकेको र छिटै बिहे हुने उनले सामाजिक सञ्जालमार्फत बताएकी हुन्। 

भारतीय व्यवसायी गौतम किचलुसँग उनले लगनगाँठो कस्न लागेकी भारतीय सञ्चारमाध्यमले लेखेका छन्। इन्स्टाग्राममा उनले विवाहको मितिसमेत पोस्ट गरेकी छन्। साथै उनले भनेकी छन्, ‘विवाहमा परिवार मात्र सामेल हुनेछन्।’ अजय देवगन स्टारर ‘सिंघम’बाट उनी बलिउडमा स्थापित भएकी थिइन्। साथै दर्जनाैं दक्षिण भारतीय फिल्ममा समेत उनले अभिनय गरिसकेकी छन्।