दसैंमा कोरोना परीक्षण बन्द गरिने

कार्तिक ०३, २०७७


काठमाडौं । दशैंको समयमा कोरोना परीक्षण नगरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैंका बेला तीन दिन कोरोना परीक्षण बन्द गरिने बताएका हुन् । 

उनले कात्तिक ९, १० र ११ गते महानवमी, विजयादशमी र एकादशीका दिन पीसीआर परीक्षण नगर्ने जानकारी दिए । प्रेस ब्रिफिङका क्रममा डा. गौतमले ९, १० र ११ गते पछि फेरि परीक्षण जारी गरिने बताए । 

अहिले देशभरका प्रयोगशालामा दैनिक पीसीआर परीक्षण गर्ने र स्वास्थ्य मन्त्रालयले त्यसको तथ्यांक जानकारी गराउने गरेको छ।