चलचित्र ‘चोर र पुलिस’को छायांकन सुरु

कार्तिक ०४, २०७७


काठमाडौं । चलचित्र ‘चोर र पुलिस’को छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा निर्माण सुरु भएको  चलचित्रको दोलखाको कालिन्चोकबाट छायांक्न सुरु भएको हो ।

काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले मुर्हूत गर्दै पे्रमकथामा आधारित गीत ‘कुन देश कि परी..’ बाट छायाँकन सुरु गरेको हो । 

गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका छन् । 

कालिन्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकोप्टर चार्टर गरेर फिल्म छायाँकन त्यहाँ पुगेको निर्देशक आरएल लामाले बताए । 

दोलखाको अलवा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौलगायतका स्थानमा चलचित्रको छायांकन हुने चलचित्रमा बुद्धी तामाङ, सुलेमान शंकर, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता रायलगायतको अभिनय रहने निर्माण पक्षले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

सोनाम मोक्तान, लङ्कामाया मोक्तान निर्माता रहेको चलचित्र निर्देशक लामाले नै लेखेका हुन् ।