युट्युवमा आयो अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ , हेर्नुहोस् पुरा फिल्म:

कार्तिक २१, २०७७


काठमाडौं – अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक गरिएको छ । 

अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापाको मूख्य अभिनय रहेको यस फिल्म बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो । डेढ बर्ष अघि हलमा रिलिज भएको यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । 

फिल्ममा अनमोल एक गायकको भूमिकामा देखिएका छन् । हलमा पनि यस फिल्मलाई निकै रुचाइएको थियो । 

फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।  

https://www.youtube.com/watch?v=7OZC65XsLV0&feature=share