प्रेमी सँग छल्किएको वर्षाको प्रेम

कार्तिक २३, २०७७


नायिका वर्षा सिवाकोटी दशैंको टिका थापेर अमेरिका उडिन् । उनी, अमेरिका पुगेको दुई साता भैसकेको छ । अमेरिकामा रहेकी वर्षाले सामाजिक संजालमा घुमफिरको तस्वीर पोष्ट गरेको देख्न सकिन्छ । कोरोना भाइरसका कारण उकुसमुकुस भएकी वर्षा अमेरिका पुगेर खुलेकी छिन् ।

उनै, वर्षाले अमेरिकामा रहेका आफ्ना प्रेमी सविनजंग थापा सँगको भेटघाटको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । भेटघाटमा वर्षाको लागि सविनसँगले गीत गाएको देख्न सकिन्छ । वर्षाले सामाजिक संजालमा शेयर गरेको तस्वीरले उनीहरुको भेटघाट विशेष भएको वुझ्न सकिन्छ ।

वर्षाले आफू विशेष कामले अमेरिका आएको र सो समयमा सविनसँग सँग भेटघाट गरेको बताएकी छिन् । सविन सँग र वर्षाको चिनजान भएको डेढ बर्ष भयो । यस भन्दा अगाडि अमेरिका पुग्दा वर्षा र संजिवको प्रेमको खबर बाहिरिएको थियो ।