हलमा जस्तै युटुबमा पनि ब्लकबस्टर ‘ए मेरो हजुर ३’!

कार्तिक २८, २०७७


एक साता अगाडि युटुबमा रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ले दर्शकको उल्लेख्य साथ पाएको छ । यो चलचित्रले युटुबमा ७५ लाख भन्दा बढी भ्यूज पाएको छ । विगत ८ दिनदेखि यो चलचित्र युटुबको शिर्ष स्थानमा छ ।

चलचित्रलाई २ लाख ६४ हजार दर्शकले लाइक गरेका छन् । चलचित्रका लागि १९ हजार भन्दा बढी प्रतिक्रिया पनि आएका छन् ।

हलमा ८ करोड माथिको ग्रस कलेक्शन गरेको यो चलचित्रले युटुबमा पनि दर्शकको उल्लेख्य साथ पाएपछि यसको निर्माणपक्ष उत्साहित देखिएको छ । नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

यो चलचित्रलाई एक सातासम्म हरेक दिन १० लाख दर्शकले हेरेका छन् । ९ घन्टामै यो चलचित्र युटुबको नम्बर १ ट्रेन्डिङमा आएको थियो ।

https://www.youtube.com/watch?v=7OZC65XsLV0&feature=share