नम्रताको अभिनय सँगै सुन्दरताको चर्चा

मङि्सर ०३, २०७७


नायिका नम्रता श्रेष्ठको अभिनय सँगै सुन्दरताको पनि निकै चर्चा हुन्छ । आफूलाई जस्तो सुकै भूमिकामा ढाल्न सिपालु नम्रता आफूलाई मेन्टेन पनि राख्छिन् । चलचित्र ‘जाइरा’मा अभिनय गरेपछि नयाँ चलचित्र साइन नगरेकी नम्रता लकडाउनको समयमा पुस्तक पढ्न, संगीत सिक्न व्यस्त देखिइन् । नम्रता प्रकृतीको सुन्दरतासँग बढी रमाउँछिन् ।

यसैले त उनी केही समय अगाडि लुक्ला पुगिन् र प्रकृतीको सुन्दरतामा हराइन् । चलचित्र क्षेत्रले विवाद भोगिरहँदा नम्रताले आफूलाई विवादबाट टाढा राखिन् । यसैले, उनकोबारेमा चासो दर्शकलाई सधै हुन्छ । नम्रताले सामाजिक संजालमा शेयर गरेका केही तस्वीरमा उनको सुन्दरता झल्किएको छ ।