रहेनन् कलाकार रम्बा ओली!

मङि्सर ०५, २०७७


मङ्सिर ५,दाङ । सुपरहिट चलचित्र “बुवा-आमा”का निर्माता तथा कलाकार रम्बा ओलीको हृदयघातका कारण आज काठमाडौको नर्भिक अस्पतालमा निधन भएको छ ।

दाङमै निर्मित चलचित्र “एकता” बाट अभिनय यात्रा सुरु गरेका ओलीले “बुवाआमा” सहित “चन्द्रसुर्य”, “वीर” लगाएतका चलचित्र निर्माण गरेका छन् ।

दाङ तुलसीपुरका स्थानियबासी रहेका ओली केही समयदेखी काठमान्डौँ बस्दै आएका थिए । उनी पछिल्लो समय नयाँ चलचित्रको काममा थिए।

निर्माता तथा कलाकार रम्बा ओलीको असामयिक निधनप्रती सम्पूर्ण कुरा परिवार गहिरो समवेदना प्रकट गर्दछ।