यश र सञ्जय ‘केजीएफ–च्याप्टर २’ क्लाइमेक्स छायांकनमा

मङि्सर २४, २०७७


हैदराबाद । सुपरस्टार यश र सञ्जय दत्त अहिले हैदराबादमा केजीएफ–च्याप्टर २ को छायाकनमा छन् । खबरका अनुसार निर्माण टिम अहिले चलचित्रको महत्वपूर्ण स्टन्टको छायांकनमा छन् । जसमा नायक र खलनायकबीचको घातक द्वन्द्वको सीन पनि रहेको छ । 

निर्देशक प्रशान्त नीलले स्टन्ट मास्टर अन्बाराइवसँग कुरा गर्दै गरेको फोटो सामाजिक सञ्जालमा सेयरगर्दै लेखेका छन्, “क्लाइमेक्स रोकी । अधीरा (खलपात्र सञ्जय) फाइट मास्टर अन्वैरवसँग…केजीएफच्याप्टर–२ ।” यो चलचित्रको अन्तिम छायांकन सीनहरु रहेका छन्, जुन डिसेम्बरको मध्यसम्म सकिने छ । यसमा अभिनेत्री रबिना तन्डन पनि महत्त्वपूर्ण भूमिका निभाउँदै छिन् । चलचित्र २०२१ मा रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ ।