स्टार कलाकार लिएर प्रेमकथामा फिल्म बनाउँदै ऋषि

मङि्सर २४, २०७७


काठमाडौं । निर्देशक ऋषि न्यौपाने नयाँ फिल्मको तयारीमा जुटेका छन् । प्रेमकथाको बिषयलाई लिएर उनले नयाँ फिल्म बनाउन लागेका हुन् । फिल्मको लेखन कार्य अहिले अन्तिम चरणमा पुगेको छ । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता भएपनि मात्र सार्वजनिक गर्ने योजना उनको रहेको छ । फिल्मका लागि उनको अहिलेका चलेका कलाकारहरुसँग कुराकानी भइरहेको छ । आफ्नो नयाँ फिल्ममा मल्टीस्टार रहने निर्देशक न्यौपानेले बताए । ‘कोरोनाले थलिएको फिल्म क्षेत्र अब उठाउनुपर्छ’ निर्देशक न्यौपानेले भने ‘त्यसका लागि राम्रो कथा, मल्टीस्टार कलाकार नभए सम्भव छैन ।’ निर्माताको लगानी जोगाउन र बिदेशमा फिल्म पुर्याउन पनि मल्टिस्टार कलाकार फिल्म आवश्यक हुने न्यौपानेले सुनाए । पोखरा,जोमसोङ,मनाङ, घलेगाउँलगायका स्थानमा छायाँकन हुने फिल्मको तयारी सकिए माघबाट छायाँकनमा जाने उनले योजना बनाएका छन् । खलनायक, टक्कर दुई मुटु, डन, मेरो राजेश दाईलगायत धेरै फिल्म निर्देशक गरेका गरेका हुन् ।