२ बर्ष भित्र बिहे गर्छुः वर्षा सिवाकोटी

मङि्सर २४, २०७७


नायिका वर्षा सिवाकोटी विगत १ बर्ष देखि सविन जंग थापाको प्रेममा छिन् । अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरु विच कुराकानी हुदै गयो । कसले पहिले प्रेम प्रस्ताव राख्यो त, वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ ।

कुराकानीका क्रममा एक अर्का सँग नजिक भयौं । मायाको अनुभुती हुन थाल्यो । अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए । के बिहेको तयारी पनि गर्नु भएको हो भन्ने प्रश्नमा वर्षा भन्छिन्–‘तत्काल त हाम्रो बिहे गर्ने सोच छैन ।

तर, २ बर्ष भित्र हामी बिहे गर्छौ । बिहे गरे पछि के गर्नु हुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘म बिहे गरेपनि चलचित्र क्षेत्र छाड्दिनँ । सविन वर्षाको कलाकारिता यात्राबाट खुशी छन् । सविनले आफूलाई काम गर्न सधै प्रेरणा दिने वर्षाको भनाई छ ।