केकी अधिकारी फिल्मसले “बोक्सीको घर” चलचित्र निर्माण गर्ने

मङि्सर २५, २०७७


मङ्सिर २४, २०७३ को साउन र भदौमा मण्डला थियटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि अब चलचित्रको बन्ने भएको छ। त्यतिबेला नाटकमा अभिनेत्री सरिता गिरीको एकल अभिनय रहेको थियो। करिब एक महिना मञ्चन भएको नाटकका सर्जक लेखक, निर्देशक सुलक्षण भारती हुन्।

उनै सुलक्षणको लेखनमा निर्माण गर्न लागिएको चलचित्र ‘बोक्सीको घर’ लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्दैछन्। केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी पनि मूख्य भूमिकामा रहनेछ।

चलचित्रका अन्य पात्रका लागि कलाकारको छनोट हुँदैछ। त्यसका लागि आगामी साता खुला अडिसन कल गरिने बताइएको छ। विगत डेढ महिनादेखि वर्कसप र प्रिप्रोडक्सनको काम भइरहेको थियो। चार महिनाको वर्कसपपछि चलचित्रको छायांकन थालिने छ।

यथार्थपरक चलचित्रको रूपमा निर्माण हुन गइरहेको चलचित्र बोक्सीको घरमा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनामा आधारित रहने बताइएको छ। चलचित्र ‘बोक्सीको घर’ लाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन्। चलचित्रका कार्यकारी निर्माता विशाल भण्डारी हुन्।