पक्राउ परेको अर्काे दिनमै रोल्पाका एक व्यक्तिको निधन

फागुन ०९, २०७७     चेतन रेग्मी


रोल्पाको गंगादेव गाउँपालिका वडा नं ३ पातिहाल्ना निवासी ४५ बर्षीय नन्दलाल वलीको पक्राउ परेको अर्काे दिनमै तुलसीपुुरमा निधन भएको छ ।
शनिबार राति पक्राउ परेका उनको स्वास्थ्यमा आईतबार राति २ बजेतिर समस्या आएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आईतबार निधन भएको प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।
सिंहका अनुसार मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरिएको थियो ।
उनी कान्छी श्रीमतिसंग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।