देउवाले बोलाए पदाधिकारी बैठक

असार १७, २०७८


असार १७, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आसन्न महाधिवेशनको तयारी र क्रियाशिल सदस्यताबारेमा छलफल गर्न सभपाति देउवाले दिउँसो २ बजेका लागि पदाधिकारी बैडक बेलाएका हुन् । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक सहभागी हुने बताइएको छ। कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ।

क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ । क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन।