लायन्स क्लब अफ दाङको प्राङगणमा बृक्षारोपन

असार १७, २०७८     शरद रेग्मी


असार १८, लायन्स क्लब अफ दाङ र लियो क्लब अफ दाङ तुलसीपुरको सयुक्त आयोजनामा लायन्स प्राङगण तुलसीपुर-६ गाइडरमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । बिहिबार बिहान बिभिन्न ७ प्रजातिका बिरुवाहरु रोपिएको क्लबका अध्यक्ष सुरेश हमालले जानकारि दिनुभयो । सो अबसरमा सिसम, खयर, असोक, आप, कपुर लगायतका बिरुवाहरु रोपिएको थियो ।

क्लबका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवम डिष्ट्रिक एक्सुटिभ चिफ एम.जे.एफ लायन बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एवम एरिया चिफ लायन टेकन कडेलको बिशिष्ट आतित्थ्यतामा भएको उदघाटन कार्यक्रममा पुर्ब अध्यक्ष क्लिन तुलसीपुर ग्रिन तुलसीपुरका सस्थापक बिमल रिजाल, लियो क्लब अफ दाङ तुलसीपुरका अध्यक्ष सन्तोष केसि लगायतले शुभकामना ब्यक्त गरेका थिय । कार्यक्रमको सहजिकरण सहसचिब भोजराज न्यौपानेले गर्नुभएको थियो ।