राेटरि क्लवकाे अध्यक्षमा श्रेष्ठ

असार १८, २०७८     बिमल गाैतम



राेटरि क्लव अफ तुलसिपुर सिटिकाे अध्यक्षमा शिव श्रेष्ठ चयन हुनु भएको छ । श्रेष्ठ वर्ष 2021/022 का लागि अध्यक्षमा निर्विरोध चयन हुनु भएको हाे । अाज तुलसिपुरमा एक कार्यक्रमकाे अायाेजना गरि नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहितका पदाधिकारीहरुकाे पदस्थापन गरियकाे छ । वर्ष 2021/022 का लागि उपाध्यक्षमा विनिल केसि,सन्दिपन रिजाल,देवेन्द्र केसि चयन हुनु भएको छ । त्यस्तै गरि महासचिवमा वुद्द प्रकाश सिङ र काेषाध्यमा मनाेज वस्नेत चयन हुनु भएको छ । क्लवका निवर्तमान अध्यक्ष शुरेस हमालकाे अध्यक्षता तथा पुर्व एजि कुशल तर्तालकाे प्रमुख अातित्थ्यतामा भएको कार्यक्रममा वाेल्ने वक्ताहरुले राेटरि क्लबलाई अझै गाउँ गाउँ सम्म पुर्याउनु पर्नेमा जाेड दिएका थिय । वक्ताहरुले राेटरि क्लव मानविय सेवामा समर्पित संस्था रहेकाे भन्दै गाउँ गाउँ पुगेर शिक्षा ,स्वास्थ्य लगायतका उदाहरणिय काम गर्नु पर्नेमा जाेड दिएका थिय । कार्यक्रममा वाेल्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले अाफ्नाे नेत्रृत्वमा गठित वर्ष 2021/022 काे समितिले संस्थाकाे गरिमा लाई वचाउदै उदाहरणिय काम गर्ने वताउनु भयाे । कार्यक्रममा प्रमुख अतिथि तर्तालले राेटरि क्लव सामाजिक सेवा गर्ने अग्रणि संस्था भएको भन्दै नवनियुक्त समितिलाई उदनहरणिय कार्य गरेर देखाउन सुझाव दिनु भयाे । पदस्थापन कार्यक्रममा पुर्व अध्यक्षहरु अनुप कुमार श्रेष्ठ ,विमल रिजाल,विजय केसि,विरु रावत,तुफानवावु श्रेष्ठ , राजेन्द्र श्रेष्ठले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियाे । राेट्रयाक्ट क्लव अफ तुलसिपुरका अध्यक्ष प्रमिश लामिछाने स्वागत गर्नु भएको कार्यक्रममा भावि अध्यक्ष यज्ञवहादुर केसिले गर्नु भएको थियाे । पदस्थापन कार्यक्रमकाे संचालन पुर्व महासचिव देवेन्द्र केसि र नवनिर्वाचित महासचिव वुद्द प्रकाश सिङले गर्नु भएको थियाे।