नेपालले पार्टी अध्यक्ष ओली सँग भेट्न अस्वीकार

असार २०, २०७८


नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली सँग भेट्न अस्वीकार गरेको बताएका छन । पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आईतबार बिहान नेता नेपाललाई भेटेका थिए ।

भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिए, राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा नेता नेपाल सँगका भेटबारे संञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताए।

माधव कमरेडको मा गएका थियौं । म सुवासजी र शंकरजी भएर । उहाँ सँग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्‍यौं भने, पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन्, उनले भने, तपाईँहरू एक आपसमा बस्नुहोस् नेताहरु पनि। हामी पनि आपसमा विभिन्न साथीसँग छलफलमा छौ, ठिकै छ छलफल गर्दे जाउँ भनेर हामी उठ्यौं।