तुलसीपुरलाई बालश्रम मुक्त गर्ने अभियान तिब्र

असार २८, २०७८     शरद रेग्मी


तुलसीपुर उपमहानगरपालिकालाई बालश्रम मुक्त गर्ने अभियान तिब्र पारिएको छ ।
नगर बाल समिति,सामाजिक बिकास समिति र बालबालिका तथा सामाजिक बिकास समितिले यस क्षेत्रमा क्रियाशिल बाभिन्न सामाजिक सघंसस्था सगंको परामर्शमा अभियानलाई सार्थक बनाउन लागिपरेको वडा नम्बर ६ का अध्यक्ष एवम अभियान्ता नबराज लामिछानेले बताउनुभयो ।
हामि कानुनतह यो अभियान न्युनिकरण गर्ने अभियानमा छौ । कानुन कार्यान्वयनमा केहि जटिलताहरु पक्कै छन तैपनि सबै सगको सहयोगमा तुलसीपुरलाई एकदिन बालश्रम मुक्त गर्न सफल हुने छौ लामिछानेले भन्नुभयो ।

उपमहानगरपालिकाले सोमबार तुलसीपुर उधोग बाणिज्य सघंको सहकार्यमा बिभिन्न सघं सस्थाका प्रतिनिधिहरु सग छलफल तथा परामर्श कार्यक्रम समेत सम्पन्न गरेको छ ।
बाणिज्य सघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले १८ बर्ष सम्मका बालबालिकाहरुलाई श्रममा लगाउनु भनेको कानुनको उल्लघंन गर्नु हो भनेका छन ।

उनिहरुले बालबालिकाहरु श्रममा आउनु भनेको बिभिन्न किसिमका हिम्सा,बिभेध र अपमान सगं जुध्नुपर्ने हुन्छ त्यसैले उनिहरुलाई श्रममा लगाउनु भनेको गैरकानुनि काम गर्नु हो बक्ताहरुले बोल्नेक्रममा सुझाब दिएका थिय ।”
सो अबसरमा वडा नम्बर १०का वडा अध्यक्ष कुमार लामिछाने ,बालबालिका तथा सामाजिक बिकास समितिका सयोजक माया श्रेष्ठ,बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारि,उपाध्यक्ष ललित जग शाह,पत्रकार महासघंका कोषाध्यक्ष शरद रेग्मी ,
वडा नम्बर ५ नम्बरका वडा सदस्य अजय बुढाथोकि ,बाणिज्य सघंका सदस्यहरु मदन केसि,मोहन भण्डारि,दिपेश भण्डारि,तुलसीपुर सुनचादि समितिका अध्यक्ष हरि बिक,तुलसीपुर होटल ब्यबसायि समितिका सचिब ईन्द्रबहादुर बस्नेत ,लगायतकाले आफुहरु बालश्रम मुक्त गर्ने अभियानमा सहयोगिको भुमिका खेल्ले प्रतिबद्दता ब्यक्त गरेका थिय।
कार्यक्रमको सहजिकरण महासचिब बिनिल केसिले गर्नुभएको थियो ।
तुलसीपुर उधोग बाणिज्य सघंको सहकार्यमा होटल,पार्टि प्यालेस,सिनेमाहल,ईट्टाभट्टा, पुरिया घर,सार्बजनिक यातायात लगायतका स्थानहरुमा लयुक्तरुपमा अनुगमन र निगरानि गर्न उपमहानगरपालिकाले कार्यदल गठन गरेर प्रकृया अगाडि बढाउने भएको छ ।