गाँजालाई खुल्ला गरिनुपर्छ : महाअभियान

असार २८, २०७८     सुशील बस्नेत



दाङको तुलसीपुरमा आईपुगेको नेपाल गाँजा बैधानिक महाअभियानले गाँजालाई प्रतिबन्ध गर्न नहुने बताएको छ ।
अभियानले तुलसीपुरमा आयोजना गरेको ३ दिने प्रशिक्षण छलफल तथा अन्तरक्रिया आज सोमबार समापन कार्यक्रममा अभियानका राजीव काफ्लले लागु पदार्थ नियन्त्रण ऐन २०३३ लाई संशोधन गर्नुपर्ने बताउनुभयो । बहुउपयोगी गाँजाको बिश्वबजार बुझ्न नसकेर नेपालमा गाँजालाई प्रतिबन्ध लगाईएको छ,यो तत्कालिन अबस्थामा बिदेशीको प्रभाबमा परि बनाइएको कानूनले बञ्र्जीत गरिएको हो,काफ्ले बताउनुभयो ।
गाँजा प्रतिबन्ध गर्नै हुदैन,नियमन गर्नुपर्ने हो,काफ्लेले भन्नुभयो । बिश्वबजारमा ठुलो माग भएको नेपालको गाँजालाई बजारीकरण गर्न सके आर्थिक रुपमा बलियो हुने दावी गर्नुभयो । गाँजाको सम्बन्धिको बिद्येयक निर्माणका लागि संसद सम्म पुगेको तर अझै बिजनेश पाउन नसकेको उहाँको भनाई छ । गाँजाको स्वाद नै थाह नै नपाएकाले बिद्येयक राम्रो बनाउन सक्लान भन्ने आशंका काफ्लेको छ ।
महाअभियानका केन्द्रिय संयोजक जोसेफ मदन कोईरालाले गाँजालाई नियमन गर्ने कानूनको माग गर्नुभयो । सरकारले प्रतिबन्ध लगाउदा यसको मारमा किसान परेको कोईरालाले बताउनुभयो । किसानबाट १५÷१६ हजारमा खरिद गरेरे बिचौलियाले भारतीय बजारमा ३÷४ लाख प्रतिकेजी सम्म बिक्रि गर्ने गरेको कोईरालाले सुनाउनुभयो ।
महाअभियानका केन्द्रिय सदस्य रबिनबिक्रम डाङीले गाँजाको महत्व र उपयोगिताका बारेमा शैक्षिक पाठ्यक्रममा समाबेश गर्नुपर्ने बताउनुभयो । यो राम्रो होईन,यसलाई खाने काम नलाग्ने मान्छे हुन भन्ने भ्रमको अन्त्य गरिनुपर्ने डाँडीको बिचार थियो ।
नेपाल सरकारका पूर्ब सचिब एबम नेपाल गाँजा बैधानिक महाअभियानका भिम उपाध्यायले भर्चुअल मार्फत गाँजाको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकार सुशील बस्नेत र खेमराज रिजालले कानूनलाई बर्जित गरिएको गाँजालाई नागरिकका बिचमा उत्पादनमा प्रोत्साहन गर्दा झनै अन्यौलता हुने बताउनुभयो । बहुउपयोगी आयुर्बेद औषधिको रुपमा केहीले बुझेको भएपनि नेपालको कानूनले बैधानिकता नदिएकाले अभियानलाई कानून निर्माण पक्षसँग पु¥याउन सुझाब दिनुभएको थियो । सहभागिहरुले गाँजा उत्पादन गरेरमात्र नहुने,यसको बजारीकरण र बैधानिकताका बिषयमा आम नेपाली स्पष्ट हुनुपर्ने बताउनुभयो ।