शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

असार २९, २०७८


असार २९, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन। सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको ले जानकारी दिए । शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।