एमाले नेपाल समूहले गठन गर्यो अखिल फोर्स

असार ३१, २०७८


असार ३१, वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । नेपाल पनकट अनेरास्ववीयूले बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच अखिल फोर्स गठन गरेको हो ।

अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।

ओली पक्षको युवा संघले सोमबारमात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो । अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने बताइएको छ। घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिति भने थिएन।